
"कि त खुकुरी ले गर्यो : कि त राई पुत्री ले गरिन"
भोजपुर भन्ने नामले नै चिनाउछ : खुकुरी खोज्नु भोजपुर को : साली रोज्नु मितज्यु को ....
उखान ले नै चिनाउछ नेपाल को पुर्बी जिल्ला भोजपुर लाई, जस्को नाम बिश्वो मा रोसन गरायो खुकुरी ले । प्रथम बिश्वो युद्ध र दोश्रो बिश्वो युद्ध मा पनि बृटिश गोरा हरु ले भोजपुर कै खुकुरी खोज्द थे रे, यस्तो जन श्रुति आजसम्म पनि कतै कतै जिबीत पाईन्छ ।
तेस्तै काम राई पुत्री ..."मीरा राई" ... ले गरिन । बिश्वो कै अती बिकट दुर्गम र कठिन पाहाडी बाटो मा दौडेर नाम कमाईन, आफ्नो र आफ्नो जन्मभुमी भोजपुर को, बिश्व Ultra Race हरुमा भाग लियर ... दौडेर ... अन्तराष्ट्रिय रेसहरु जितेर ... देश को गौरब बढाएर ....
आज बिश्व मा कठिन मा कठिन पर्बत को उचाई मा अल्ट्रा दौड गर्नु परेमा बिश्व का आयोजक हरु ले भोजपुर कै राई पुत्री हरु खोज्न थालेका छन ... कुनै बेला भोजपुर कै खुकुरी खोजे जस्तै ... छोरी हुनु त यस्तो पो ...
मीरा राई लाई हाम्रो पनी अभिनन्दन .. र .. यस्तो पराक्रमी छोरी लाई जन्म दिने बाउ लाई पनि सलाम छ .. र .. आमा लाई नमस्ते ....









Leave a Comment